सरोकारवाला निकायले समयमै ध्यान नदिए थप संकट उत्पन्न हुने
‘धेरै बालबालिकाको आमा बुवा पनि नभएका होइनन् तर आमा बुवालाई नै रेखदेख गर्ने अर्को मानिसको आवश्यकता परेपछि बाल बच्चालाई कसले हेर्ने ? धेरै बालबालिकाको त अभिभावक नै छैनन् । के गर्नु जन्माएर छाडेर बेपत्ता भएपछि’, भूटानी शरणार्थी शिविरमा जोखिम रहेका बालबालिकाको क्षमता अभिबृद्धिमा कार्यारत बाल मञ्चकी सहायक कोअर्डिनेटर सुनिता गुरुङ्गले दुखेसो पोखिन् ।
भूटानी शरणार्थी शिविरमा संकटपूर्ण अवस्थामा रहेका बालबालिकाको संख्या पछिल्लो समयको तथ्याङ्कअनुसार १५ सयको हाराहारीमा रहेको बाल मञ्च अन्तर्गत संकटपूर्ण अवस्थामा रहेका बालबालिकाको रेखदेख गर्ने निकाय भुटानी शरणार्थी बाल मञ्चले जानकारी दिएको छ ।

शिविरमा बालबालिकाको हितमा काम गर्दै आएको संस्था बाल मञ्चले बालबालिकाको ५ वटा दर्जा निर्धारण गरेको छ । एक जनामात्र अभिभावक भएकालाई ए समूह, दुईजना अभिभावक नभएका वी, बालबालिका आफैं अभिभावकको भूमिका निर्वाह गर्नेलाई सी, आमा बुवा मादक पदार्थ सेवन गर्ने भएकालाई डी र अपाङ्ग तथा असहायलाई इ समूहमा विभाजन गरिएको छ ।
रेखदेख मञ्चका कोअर्डिनेटर तिलु भुजेलले दिएको जानकारी अनुसार बुवा आमाले पारपाचुके गरेपछि अलपत्र भएका बालबालिकाको संख्या धेरै छ । कति बालबालिका त न विद्यालय जान्छन्, न घरमा राम्रोसँग खाना पकाएर दिने अभिभावक नै छन् । विहान उठेर जता मन लाग्छ, त्यतै हिँड्न बाध्य धेरै बालबालिकालाई सही मार्गमा निर्देशन गर्न मञ्चले हरेक आइतवार सन्डे कक्षा समेत शिविर शिविरमा संचालन गर्दै आएको छ ।
पुनर्बासका कारण श्रीमान श्रीमतीबीच बढेको पारपाचुके जस्ता कृयाकलापले धेरै बालबालिका अलपत्र परेको कोअर्डिनेटर भूजेलको दावी छ । बेलायतको सहयोगमा शरणार्थी यूवा परियोजना अन्तर्गत हाल धेरै बालबालिको जीवनस्तर अभिबृद्धिमा विभिन्न कार्याक्रम बालमञ्चले गर्दै आएको छ । सन् २००७ तिरको गणना अनुसार ३४ हजार बालबालिकामध्ये हाल शिविरमा आधा जति रहेको अनुमान गर्छन् बालमञ्चका कार्याक्रम संयोजक चन्द्र गुरुङ्ग । गुरुङ्गका अनुसार बार्षिक ६ देखि ८ लाख रूपैंया बराबरका विभिन्न कार्यक्रमहरु बाल विकासका नाममा संचालन गर्दै आइएको छ ।
शरणार्थी सम्बन्धी उच्च रेखदेख निकाय यूएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडेरेशनले लगानी गर्दै आएको शिविरका बालबालिकाको हितमा कार्यक्रम संचालनपछि बालबालिकामा सुधार आएको बताइएको छ ।
बाक्लो घरहरुबीच खुल्ला स्थानमा विहानदेखि बेलुकासम्म खेलेर हिँड्ने विद्यालय छाडेका बालबालिका पनि शिविरभित्र त्यत्तिकै छन् । सही निर्देशनको अभावमा धेरै बालबालिका त अझ कुलतमा समेत पुगेका छन् । टिपीओ नेपालको सहयोगमा कतिपय बालबालिकालाई सुधारका काम नगरेको पनि होइन तर अभिभावकको अभावमा अझै पनि धेरै बालबालिका कुलतमा हिँड्न पुगेका छन् । अभिभावक नभएपछि यी ठूलो संख्यामा रहेका बालबालिका भविष्य कस्तो हुने भन्ने विषयमा सम्बन्धीत निकाय गम्भीर नभए आगामी समयमा थप शिविरमा जोखिम बढेर जाने निश्चित छ ।
अर्कोतिर नजिकै रहेको समूदायका बालिबालिकासँग बढ्दै गएको संगत तथा सहपाठी बन्ने क्रमले स्थानीय क्षेत्रका बालबालिकाको भविष्य समेत जोखिममा परेको स्थानीय बुद्धिजीवि गणेश चाम्लिङ्ग राईले बताएका छन् । समयमा यी ठूलो संख्यामा रहेका बालबालिकालाई सही मार्ग निर्देशन नभए भावी समाजमा समेत संकट उत्पन्न हुने कुराप्रति सरोकारवाला निकाय समयमै चनाखो हुन जरुरी देखिन्छ ।

0 comments:
Post a Comment